विदेश

अमेरिकी संसद भवन क्षेत्रमा भएको घटनामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ चैत २१ गते ८:०४
अमेरिकी संसद भवन क्षेत्रमा भएको घटनामा दुई जनाको मृत्यु

२१ चैत २०७७ वाशिङ्गटन डिसी । अमेरिकाको राजधानीको संसद भवन क्षेत्रमा भएको घटनामा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु हुँदा एक जना घाइते भएका छन् ।

वासिङ्गटन डिसीस्थित क्यापिटल भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले प्रहरी अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

लगत्तै प्रहरीको गोली लागेर २५ वर्षीय आक्रमणकारीको समेत मृत्यु भएको थियो । आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको प्रहरी अधिकारीले बताएका छन् ।

संसद भवनमा यसअघि जनवरी ६ तारिखमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *