विदेश
भारतको पश्चिम बंगाल र आसममा आज विधानसभा चुनाव
२०७७ चैत १९ गते ९:१८

१९ चैत २०७७ कोलकाता । छिमेकी देश भारतको पश्चिम बंगाल र आसम राज्यमा विधानसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान भइरहेको छ ।
बंगालका ३० र असमका ३९ विधानसभा सीटका लागि आज दोस्रो चरणको मतदान भइरहेको हो । बंगालका ३० सीटका लागि १ सय ७१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
उता असममा ३९ सीतका निम्ति ३ सय ४५ उम्मेरवारले प्रतिस्पर्धा गरिरहेका छन् । आज बंगालको नन्द्रीग्राममा वर्तमान मुख्यमन्त्री ममता बनर्जीसमेत चुनावी मैदानमा छिन् ।
यसअघि मार्च २७ तारिखमा बंगालका ३० र असमका ४७ विधानसभा सीटका लागि पहिलो चरणको मतदान भएको थियो ।
प्रतिक्रिया