विदेश

कोरोना बढेसँगै फ्रान्समा फेरि देशव्यापी लकडाउन लागू हुने

हिमालय टिभी
२०७७ चैत १९ गते ७:४७
कोरोना बढेसँगै फ्रान्समा फेरि देशव्यापी लकडाउन लागू हुने

१९ चैत २०७७ पेरिस । फ्रान्समा फेरि देशव्यापी लकडाउन लागू हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको भन्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले चार हप्ताको लागि लकडाउनको घोषणा गरेका हुन् । यस अवधिमा अत्यावश्यक सामानका पसल तथा सेवा मात्र सञ्चालन हुने र कार्यालयको काम घरबाटै गर्नुपर्ने उनले बताए ।

टेलिभिजन सम्बोधनमार्फत उनले यस अवधिमा सार्वजनिक सभामा पूर्ण रोक लगाइएको बताउँदै जरूरी काम बाहेक घरदेखि १० किलोमिटर भन्दा बढी टाढा जान नपाइने जनाए ।

त्यस्तै सम्पूर्ण शैक्षिक संस्था समेत कम्तिमा तीन साता बन्द गरिनेछ । संक्रमण बढेको भएपनि नियन्त्रणमा आउन सक्ने बताउँदै यसबाट आत्तिने अवस्था भने नरहेको उनले बताए ।

कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप लगाउने तयारी रहेको उनको भनाइ छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो स्थानमा छ ।

संक्रमणबाट फ्रान्समा अहिलेसम्म ४६ लाख ४४ हजारभन्दा बढीमा संक्रमण हुँदा ९५ हजारभन्दा धेरै जनाको मृत्यु भैसकेको छ । लकडाउन आगामी शनिवारदेखि लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *