विदेश

ब्राजिलमा जल, स्थल र हवाई सेना प्रमुखले एक साथ दिए राजीनामा

हिमालय टिभी
२०७७ चैत १८ गते ८:१५
ब्राजिलमा जल, स्थल र हवाई सेना प्रमुखले एक साथ दिए राजीनामा

१८ चैत २०७७ ब्राजिल । ब्राजिलमा स्थल सेना, जल सेना तथा हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन् ।

राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक संकटको सामना गरिरहेको समयमा स्थल, जल तथा हवाई सेना प्रमुखले एकसाथ राजीनामा दिएका हुन् । जनरल एड्सन लिएल पुजोल, एडम इल्क्वेस बार्बोसा र लेफ्टिनेन्ट एन्तोनिओ कार्लोस बेर्मुडेजले राजीनामा दिएका हुन् ।

राष्ट्रपति बोल्सोनारुले सेनामाथि अनावश्यक दबाव दिंदै नियन्त्रण गर्ने प्रयास गरेपछि असहमति जनाउँदै उनीहरूले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।

यसअघि सोमबार मात्रै विदेश र रक्षामन्त्रीले पनि राजीनामा दिएपछि उनले बाध्य भएर मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका थिए ।

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि गरेको कमजोर प्रयासका कारण राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ । दुई वर्षअघि सत्तामा आएका दक्षिणपन्थी बोल्सोनारुले कोरोना नियन्त्रणमा वैज्ञानिकले अत्यावश्यक भनेको क्वारेन्टनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन् ।

जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव भाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क रहँदै आएको छ ।

कोरोनाबाट विश्वकै दोस्रो प्रभावित देश ब्रजिलमा अहिलेसम्म तीन लाख पचास हजार भन्दा बढीको मृत्यु हुँदा संक्रमित हुनेको संख्या एक करोड २६ लाख नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *