विदेश

भारतमा कोरोना सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड

हिमालय टिभी
२०७७ चैत १५ गते ८:५७
भारतमा कोरोना सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड

१४ चैत २०७७ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकैदिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ८७ हजार ८ सय ४० छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ६१ हजार ५ सय ८६ पुगेको छ ।पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *