विदेश

इजिप्टमा भएको रेल दुर्घटनामा कम्तिमा ३२ जनाका मृत्यु

हिमालय टिभी
२०७७ चैत १४ गते ७:२८
इजिप्टमा भएको रेल दुर्घटनामा कम्तिमा ३२ जनाका मृत्यु

१४ चैत २०७७ कायरो । इजिप्टमा भएको रेल दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

इजिप्टकोे दक्षिणी क्षेत्रमा दुई रेल आपसमा ठोक्किंदा ३२ जनाको मृत्यु र १ सय ६५ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दक्षिणी शहर लुसोरबाट भूमध्य सागरमा रहेको बन्दरगाह एलेक्जान्ड्रिया तथा राजधानी कायरोबाट दक्षिणी शहर अस्वानका लागि गुडेका दुई रेल ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एउटा रेलमा अज्ञात व्यक्तिले आपतकालीन ब्रेक सक्रिय बनाएपछि दुर्घटना भएको इजिप्टका रेल्वे अधिकारीले बताएका छन् । ब्रेकका कारण एउटा रेल अचानक रोकिएको र अर्को रेलले ठक्कर दिएको अधिकारीहरुको भनाइ छ ।

दुर्घटनास्थल सोहाग प्रदेश राजधानी कायरोदेखि ३ सय ६५ किलोमिटर टाढा रहेको छ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *