विश्वभर पछिल्लो समय ६ लाख बढी कोरोना संक्रमित थपिए, दश हजार जनाको मृत्यु

१३ चैत २०७७ काठमाडौं । विश्वभर पछिल्लो समय ६ लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। त्यही अवधिमा करिब १० हजार जनाको मृत्यु भएको छ।
ब्राजिलमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा झण्डै एक लाख संक्रमित थपिएका छन् भने दुई हजार ६३९ जनाको मृत्यु भएको छ।
अमेरिकामा ६२ हजार ६०० संक्रमित थपिँदा एक हजार २४ जनाको मृत्यु भएको छ। भारतमा पनि संक्रमण दर उकालो लागिरहेको छ। त्यहाँ एकै दिन ५९ हजार संक्रमित थपिएका छन् भने २ सय ५७ जनाको मृत्यु भएको छ।
फ्रान्समा ४५ हजार ६००, टर्कीमा २८ हजार ७००, इटलीमा २३ हजार ७००, जर्मनीमा २२ हजार २००, रसियामा नौ हजार २०० र बेलायतमा ६ हजार २०० संक्रमित थपिएका छन्।
विश्वमा हालसम्म कुल संक्रमितको संख्या १२ करोड ६० लाख ३३ हजार पुग्दा २७ लाख ६६ हजार २९८ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया