विदेश

चिनियाँ अधिकारीमाथि पश्चिमा मुलुकको प्रतिबन्ध

हिमालय टिभी
२०७७ चैत ११ गते ८:१७
चिनियाँ अधिकारीमाथि पश्चिमा मुलुकको प्रतिबन्ध

११ चैच २०७७ न्युयोर्क । उइगुर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै इयुका केही देश, अमेरिका र क्यानडाले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध घोषणा गरेका छन् ।

धेरैजसो मुस्लिम भएको उइगुर समुदायलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखेको आरोप छ। त्यहाँ उनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुर्व्यवहार गरेको लगायतका आरोप चीनमाथि लागेको छ।

समन्वय गरेर युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आर्थिक प्रतिबन्धहरू लगाएका हुन्। चीनले आफूले दुर्व्यवहार गरेको भन्ने आरोप अस्वीकार गरेको छ।

आतङ्कवादसँग जुध्नका लागि ती शिविरहरूमा पुनः शिक्षाको सुविधाका लागि बनाइएको चीनको दाबी छ। प्रतिक्रियास्वरूप चीनले पनि युरोपेली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।

चीनले १० जनामाथि प्रतिबन्ध लगाउने र युरोपमा रहेका चारवटा संस्थालाई पनि प्रतिबन्ध लगाउने जनाएको छ। अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले विज्ञप्ति जारी गर्दै चीनले ूमानवताविरुद्ध नरसंहार र अपराधू गरेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *