विदेश

अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी प्रमाणित

हिमालय टिभी
२०७७ चैत १० गते ८:१९
अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी प्रमाणित

१० चैत २०७७ न्युयोर्क । कोभिडविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको बहुप्रतीक्षित अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ।

अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा गरिएको परीक्षण सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

परीक्षणमा खोप लक्षणयुक्त कोभिड रोक्न ७९ प्रतिशत प्रभावकारी र गम्भीर बिरामी हुन रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ। रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको छ।

यो नतिजापछि हालै यस खोप कार्यक्रम रोकेका युरोपेली देशहरूको रगत जमेको घटनासँग खोपको सम्बन्धसम्बन्धी चिन्ता हट्ने विश्वास गरिएको छ। युरोपेली औषधि नियामक निकायले समीक्षा गरी सुरक्षित र प्रभावकारी रहेको बताएपछि केही देशहरूले स्थगित खोप कार्यक्रम पुनस् सुरु गरिसकेका छन्।

कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणको तथ्याङ्कले खोपलाई थप विश्वसनीय र ६५ वर्षभन्दा माथि उमेरका व्यक्तिमा प्रयोग गर्न सकिने देखाएको छ।

केही देशहरूले सुरुमा तथ्याङ्क नभएका कारण ६५ वर्षभन्दा माथिका व्यक्तिलाई यो खोप दिएका थिएनन्। परीक्षण सफल भएको भन्दै अक्फोर्ड विश्वविद्यालयले सुरक्षित हुन खोपको विकल्प नरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *