विदेश

पानी अभावमा बालबालिकामा कुपोषण र रोगको जोखिम बढ्योः युनिसेफ

हिमालय टिभी
२०७७ चैत ७ गते १३:१९
पानी अभावमा बालबालिकामा कुपोषण र रोगको जोखिम बढ्योः युनिसेफ

७ चैत २०७७ काठमाडौं । संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफले पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको जनाएको छ ।

विश्वभर झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको युनिसेफको सार्वजनिक तथ्यांकमा जनाइएको हो ।

विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी नपाउने र हरेक पाँचमध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ । तुलनात्मक रुपमा पूर्वी र दक्षिणी अफ्रिकामा पानीको अभाव बढी छ ।

पूर्वी र दक्षिण अफ्रिकामा ५८, पश्चिम र मध्य अफ्रिकामा ३१, दक्षिण एसियामा २५ र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको पाइएको छ ।

दक्षिण एसियामा झण्डै १५ करोड ५० लाख बालबालिका प्रभावित छन् । पाकिस्तान, अफगानिस्तान, केन्या, हैटी, बुर्किना फासो, इथियोपिया, नाइजेरिया, पपुआ न्यूगिनी, सुडान, ताञ्जानिया र यमनलगायतका ३७ देशका बालबालिकाले धेरै समस्याको सामना गर्नुपरेको छ ।

खडेरीले खाद्यान्न आपूर्तिमा कमी हुने र बच्चाहरूको शारीरिक वृद्धिमा प्रभाव पार्ने, कुपोषण हुने, पानीजन्य रोग फैलने जोखिमसमेत बढेको युनिसेफले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *