विदेश

म्यानमारमा बीबीसीका संवाददाता पक्राउ

हिमालय टिभी
२०७७ चैत ७ गते ८:१२
म्यानमारमा बीबीसीका संवाददाता पक्राउ

७ चैत २०७७ म्यानमार । म्यानमारमा बेलायती समाचार संस्था बीबीसीका संवाददाता अउङ थुरा पक्राउ परेका छन् ।

राजधानी नेपिद्अमा एक अदालत बाहिर समाचार संकलन गरिरहेको समयमा सादा पोशाकमा आएका केही पुरुषहरूले थुरालाई लिएर गएको बीबीसीले जनाएको छ ।

यसबारे गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित अधिकारीलाई उद्धारमा सहयोग गरिदिन बीबीसीले आग्रह गरेको छ । थुरासँगै स्थानीय पत्रकारसमेत पक्राउ परेको बताइएको छ ।

म्यानमारमा गत फेब्रुअरी १ तारिखमा सैन्य कू भएयता कम्तिमा ४० जना पत्रकार पक्राउ परेको र १६ जना अझै नियन्त्रणमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।

त्यस्तै त्यहाँका पाँचवटा सञ्चार कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको छ। म्यानमारमा हिजो भएको सरकारी विरोधी प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ ।

यसैबीच बीबीसीकै नेपाली पत्रकार दीपक भट्टराईले म्यान्मारमा बस्न नसक्ने अवस्था भएपछि नेपाल फर्किएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *