विदेश

युरोपका केही देशमा रोकिएको कोरोनाविरुद्धको खोप पुनः लगाउन थाल्ने

हिमालय टिभी
२०७७ चैत ६ गते ८:१६
युरोपका केही देशमा रोकिएको कोरोनाविरुद्धको खोप पुनः लगाउन थाल्ने

६ चैत २०७७ बेल्जियम । युरोपियन युनियनका केही प्रमुख देशले कोरोनाविरुद्धको अक्सफोर्ड–एष्ट्राजेनिका खोपको पुनः लगाउन थाल्ने भएका छन् ।

ईयुको औषधि नियामक निकाय युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले खोप सुरक्षित र प्रभावकारी भएको निष्कर्ष निकालेपछि खोप अभियान फेरि शुरू हुन लागेको हो ।

सम्भावित आशंकाबारे थप अध्ययन र अनुसन्धान जारी नै रहने ईएमएले बताएको छ । जर्मनी, फ्रान्स, इटाली र स्पेनले तत्कालै खोप अभियान शुरु गर्ने बताएका छन् ।

उता स्वीडेनले यसबारे केही दिनमा निर्णय लिने बताएको छ । त्यस्तै फ्रान्सेली प्रधानमन्त्री जीन कासटेक्सले आफैले खोप लगाएर अभियान थाल्ने बताएका छन् ।

यसअघि खोप लगाएका मानिसमा ब्लड क्लट्स अर्थात रगत जमेको घटनापछि ईयुका १३ राष्ट्रले स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै खोपमा अस्थायी रोक लगाएका थिए ।

उता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि खोप सुरक्षित रहेको भन्दै खोप अभियान नरोक्न अपिल गर्दै आइरहेको थियो ।

त्यस्तै फ्रान्समा कोरोना संक्रमणको तेस्रो लहरको त्रासका कारण पेरिस लगायत केही शहरमा एक महिने लकडाउन लागू हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *