विदेश

चीनमा कोरोनाविरुद्धको चौथो खोपले पनि पायो मान्यता

हिमालय टिभी
२०७७ चैत ५ गते ८:०७
चीनमा कोरोनाविरुद्धको चौथो खोपले पनि पायो मान्यता

५ चैत २०७७ बेइजिङ । चीनमा कोरोना भाइरसविरुद्धको चौथो खोपले पनि प्रयोगको अनुमति पाएको छ।

चीनको रोग नियन्त्रण केन्द्रले चौथो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोगका लागि भन्दै अनुमति दिएको जनाएको छ । केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले खोपलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

उक्त खोपलाई अन्य नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए ।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत वर्षको अक्टोबरमा उज्ज्वेकिस्तान, पाकिस्तान र इण्डोनेसियामा गरिएको थियो । उक्त खोपले उज्ज्वेकिस्तानमा भने ‍मार्च १ देखि नै प्रयोगको अनुमति पाइसकेको छ । तर नयाँ खोपका बारे पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन ।

अहिलेसम्म चीनमा अनुमति पाएका सबै चार खोप स्वदेशकै तीन संस्थाले नै विकास गरेका हुन् । खोपको उत्पादनमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठानको संलग्नता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *