विदेश

कोरोनाविरुद्धको खोप अभियान नरोक्न डब्लुएचओको आग्रह

हिमालय टिभी
२०७७ चैत ३ गते ७:५४
कोरोनाविरुद्धको खोप अभियान नरोक्न डब्लुएचओको आग्रह

३ चैत २०७७ काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अपिल गरेको छ ।

युरोपका विभिन्न देशले अक्सफोर्ड–एष्ट्राजेनिकाको खोप लगाउन रोकेका बेला डब्लुएचओले खोप अभियान नरोक्न आग्रह गरेको हो । अक्सफोर्ड(एष्ट्राजेनिकाको खोप र ब्लड क्लट्स अर्थात रगत जम्नुबीच सम्बन्धको कुनै प्रमाण नरहेको डब्लुएचओको भनाइ छ ।

अक्सफोर्ड–एष्ट्राजेनिकाको खोप लगाएकामा रगत जमेको खबर सार्वजनिक भएपछि युरोपका विभिन्न देशमा तत्कालका लागि खोप अभियान रोकिएको छ । स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने बताउँदै नेदरल्याण्ड्स, जर्मनी, फ्रान्स, इटाली र स्पेनले अक्सफोर्ड(एष्ट्राजेनिकाको खोप लगाउन मार्च २९ तारिखसम्म बन्द गरेका छन् ।

डेनमार्क र नर्वेमा खोप दिइएका मानिसमा रगत जमेको भन्ने समाचारपछि आयरल्याण्डले खोप नलगाउने निर्णय गरेको थियो । त्यस्तै डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्डले पनि उक्त खोप लगाउन बन्द गरेका थिए ।

यसबारे थप छलफल गर्न डब्लुएचओका खोप सुरक्षा विज्ञको बैठक आज बस्दैछ । बेलायतसहित युरोपका विभिन्न देशमा हालसम्म एक करोड ७० लाख भन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन् ।

गत हप्तासम्म ४० जनामा ब्लड क्लट्सको विकास भएको अन्त।्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *