विदेश

म्यान्मारमा सैनिक कूविरुद्धको प्रदर्शन जारी, थप ३८ जना प्रदर्शनकारी मारिए

हिमालय टिभी
२०७७ चैत २ गते ९:१५
म्यान्मारमा सैनिक कूविरुद्धको प्रदर्शन जारी, थप ३८ जना प्रदर्शनकारी मारिए

२ चैत २०७७ म्यान्मार । म्यान्मारमा जारी सैनिक कू विरुद्धको प्रदर्शनको क्रममा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् ।

गत फेबु्रवरी १ मा म्यान्मारका नेतृ आङसान सुचीसहितका नेताहरुलाई नजरबन्द गरी सेनाले सत्ता हातमा लिएपछि त्यहाँ विरोध प्रदर्शन हुँदै आएको छ ।

म्यान्मारमा सैनिक कू विरुद्ध नागरिकहरु सडकमा उत्रिएपछि हिजो थप ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको बीबीसीले लेखेको छ ।

प्रदर्शनका क्रममा सेनाले चलाएको गोली लागी उनीहरुको मृत्यु भएको बताइएको छ । प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

म्यान्मारमा सेनाले गरेको कू प्रति संयुक्त राष्ट्र संघले पनि आपत्ति जनाएको छ । साथै सेनाले त्यहाँका प्रदर्शनकारीमाथि गरेको हिंसालाई तत्काल रोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *