विदेश

म्यानमारमा सैन्य शासनविरुद्धको क्रान्तिलाई निरन्तरता दिने आन्दोलनरत पक्षको प्रतिबद्धता

हिमालय टिभी
२०७७ चैत २ गते ८:०४
म्यानमारमा सैन्य शासनविरुद्धको क्रान्तिलाई निरन्तरता दिने आन्दोलनरत पक्षको प्रतिबद्धता

२ चैत २०७७ म्यानमार । म्यानमारमा सत्ताच्युत भएको समूहका नेताले सैन्य शासनविरुद्ध क्रान्तिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शासन सत्ता सेनाले आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्धको आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अहिलेको अवस्था देशका लागि अँध्यारो क्षण भएको र छिट्टै बिहानी आउन लागेको अवस्था रहेको उहाँको भनाइ छ । भूमिगत रहेर नै थानले सैन्य कू स्वीकार गर्न नमान्ने सांसदहरूको एक समूहको नेतृत्व गरिरहेका छन् ।

फेब्रुअरी १ तारिखमा सैन्य कू गर्नु भन्दा पहिले सेनाले पक्राउ गर्नुअघि नै उनी भाग्न सफल भएका थिए । त्यसपछि एनडीएलका सांसदहरूले थान प्रमुख रहेको सीआरपीएच नाम एक समिति गठन गरेका थिए ।

सीआरपीएचले म्यानमारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउन प्रयास गरिरहेको छ।

आइतबार सैन्य सरकार विरोधी प्रदर्शनमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले लाठी र चक्कु बोकेका प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *