विदेश
श्रीलंकामा सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध
२०७७ चैत १ गते ९:०९
१ चैत २०७७ कोलम्बो । श्रीलंकाले सार्वजनिक स्थानमा अनुहार ढाक्ने पोशाक बुर्कामा प्रतिबन्ध लगाएको छ ।
सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलंकाले अनुहार ढाक्नैपर्ने भए अन्य तरिका अपनाउन भनेको छ । राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै श्रीलंकाले नयाँ नियम लागू गरेको बीबीसीले जनाएको छ ।
यसअघि छोटो समयका लागि आपतकालीन उपायका रुपमा प्रतिबन्ध लगाइएको बुर्का अब स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको हो ।
मन्त्रिपरिषदबाट पारित भइसकेको सार्वजनिक स्थानमा बुर्का प्रतिबन्धसम्बन्धी निर्णय संसदले अनुमोदन गर्न भने बाँकी रहेको छ।
यससम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियममा कडाई गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया