विदेश

कोरोनाका कारण इटालीमा थप कडाइको तयारी

हिमालय टिभी
२०७७ फागुन २९ गते ८:१६
कोरोनाका कारण इटालीमा थप कडाइको तयारी

२९ फागुन २०७७ इटाली । कोरोना भाइरसको महामारीको जोखिमका कारण इटालीमा थप कडाई हुने भएको छ ।

कोरोना संक्रमणको नयाँ लहरको जोखिम बढ्दै गएपछि इटालीमा पुनः प्रतिबन्धात्मक नियम लागू हुने भएको हो । अब आगामी सोमबारदेखि इटालीका रोम र मिलानसहित आधा भन्दा बढि क्षेत्रका विद्यालय, पसल तथा रेष्टुरेन्ट बन्द हुने छन् ।

प्रधानमन्त्री मारिओ ड्राग्हीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि विद्यालय, रेष्टुरेन्ट तथा पसल बन्द गर्न लागिएको हो । त्यस्तै इष्टरका अवसरमा अप्रिल ३ देखि ५ तारिखसम्म देशभर नै लकडाउन लागू हुनेछ ।

इटालीले एक वर्ष अघि कोरोना महामारी नियन्त्रणमा लिन पहिलोपटक देशभर लकडाउन लागू गरेको थियो । कोरोनाका कारण बेलायतपछि युरोपमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

इटालीमा कोरोनाको खोप अभियानसमेत सुस्त भइरहेको छ । अक्सफोर्ड(एष्ट्राजेनिकाले विकास गरेको खोपका कारण ब्लड क्लट बन्ने जोखिम रहेको भन्दै इटालीसहित युरोपका बुल्गेरिया, डेनमार्क र नर्वेमा तत्कालका लागि सो खोप लगाउने अभियान रोकिएको छ ।

तर हिजो विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले खोपका कारण ब्लड क्लट बन्ने प्रमाण नभेएिको बताउँदै खोप अभियान नरोक्न आग्रह गरेको छ । अझै पनि कोरोना संक्रमण तीव्र रहेको इटालीमा हालसम्म १ लाख भन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमित हुनेको संख्या ३१ लाख ७५ हजार नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *