केन्यामा कोरोनाका कारण लगाइएको रात्रिकालीन कर्फ्यु दुई महिना लम्बियो
२९ फागुन २०७७ केन्या । केन्यामा कारोनाभाइरसको महामारीका कारण लागू रात्रिकालीन कर्फ्यू थप दुई महिना थपिएको छ ।
राष्ट्रपति उहुरु केन्याटाले कर्फ्यूको समयावधि लम्ब्याइएको घोषणा गरेका हुन् । देशव्यापी लागू रात्रिकालीन कर्फ्यूको समयमा थप केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् ।
संक्रमण बढेपछि त्यसलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको राष्ट्रपति केन्याटाको भनाइ छ । त्यस्तै अब त्यहाँ तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ ।
पूर्वीअफ्रिकी कतिपय देशमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत कैयन् गतिविधि प्रतिबन्धित छन् ।
त्यस्तै बैदेशिक सिमाना बन्द छन् भने विद्यालयमा पनि विदा दिइएको छ । केन्यामा कारोनाबाट संक्रमितको संख्या झण्डै एक लाख १२ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या दुई हजार नजिक पुगेको छ ।
प्रतिक्रिया