विदेश

राष्ट्रपति बाइडेनको कोरोना राहत प्याकेज कंग्रेसको तल्लो सदनबाट पारित

हिमालय टिभी
२०७७ फागुन २७ गते ७:३६
राष्ट्रपति बाइडेनको कोरोना राहत प्याकेज कंग्रेसको तल्लो सदनबाट पारित

२७ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी कंग्रेसको तल्लो सदनले पनि राष्ट्रपति जो बाइडेनको कोरोना राहत प्याकेज पारित गरेको छ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको हो । तल्लो सदनमा राहत प्याकेजले २ सय २० भोटमध्ये २ सय ११ मतसहित पार्टीगत बहुमत पाएको थियो ।

मतदानमा एकजना बाहेक सबै डेमोक्र्याट सांसदले समर्थन गरेका थिए भने रिपब्लिकन सांसदले यसलाई अस्वीकार गरेका थिए ।

यसअघि माथिल्लो सदन सिनेटबाट समेत बहुमतसहित उक्त प्याकेज पारित भएको थियो ।

अब राष्ट्रपति बाइडेनले यसलाई अन्तिम रुप दिनका लागि भोलि हस्ताक्षर गर्ने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले जनाएकी छिन् । हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *