विदेश

‘रंगभेद’ को आरोप लागेपछि बेलायतको राजदरबारले खोल्यो मुख

हिमालय टिभी
२०७७ फागुन २६ गते ९:२८
‘रंगभेद’ को आरोप लागेपछि बेलायतको राजदरबारले खोल्यो मुख

२७ फागुन २०७७ लण्डन । बेलायतको राजदरवारले राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारका सदस्यमाथि लगाएको ‘रंगभेद’ को आरोपलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

बकिङ्गहम प्यालेसले वक्तव्य जारी गरेर ड्युक एण्ड डचेज अफ ससेक्सले अन्तर्वार्ताको क्रममा उठाएको विषयमा चासो गएको र गम्भीर रुपमा लिइएको उल्लेख गरेको हो ।

वक्तव्यमा कुनै पनि घटना वा कुराकानीको स्मरण ‘भिन्न हुन सक्ने’ भए पनि यो विषयलाई गम्भीर रुपमा लिएर निजी रुपमा सम्बोधन गरिने दरबारले बताएको छ ।

अमेरिकी टेलिभिजनकर्मी ओप्रा विन्फ्रीसँगको अन्तर्वार्ताको क्रममा मेगनले राजपरिवारका सदस्यले आफ्नो छोरा नजन्मिँदै उनको छालाको रंग कत्तिको ‘कालो वा खैरो’ हुन्छ भन्ने चासो दिएको खुलासा गर्नुभएको थियो ।

दरबारले ह्यारी, मेगन र आर्ची जहिले पनि परिवारको अति प्रिय सदस्य रहने जनाएको छ । बेलायती राजपरिवारमा आधुनिककालमा मेगन पहिलो ‘मिक्स्ड रेस’ सदस्य हुनुहुन्छ । उहाँले अन्तर्वार्तामा रंगभेदको आरोप लगाएपछि त्यसमा प्रतिक्रिया दिन दरबारमाथि दबाब बढेको थियो ।

तर, राजकुमार ह्यारीले ओप्रालाई छोरा आर्चीको छालाको रंगबारे चासो व्यक्त गर्नेमा हजुरआमा र हजुरबुवा (महारानी एलिजाबेथ द्वितीय र द ड्युक अफ एडिनर्बह) नरहेको स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *