विदेश

अमेरिकामा अब कोरोनाविरुद्धको खोप लगाएकाहरु सामान्य जीवनमा फर्कन सक्ने

हिमालय टिभी
२०७७ फागुन २५ गते ७:५१
अमेरिकामा अब कोरोनाविरुद्धको खोप लगाएकाहरु सामान्य जीवनमा फर्कन सक्ने

२५ फागुन २०७७ न्युयोर्क । अमेरिकामा अब कोरोनाविरुद्धको खोप लगाइसकेका व्यक्ति सामान्य जनजीवनमा फर्कन सक्ने भएका छन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरू केही सामान्य जनजीवनमा फर्कन सक्ने बताएको हो ।

अब उनीहरूले खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग पनि भेटघाट गर्न सक्ने गरी नयाँ मापदण्डमा जारी भएको छ । त्यस्तै खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात् खोप लगाएका मानिसहरू सुरक्षित हुने सीडिसीले जनाएको छ।

अमेरिकी स्वास्थ्य अधिकारीले यसबारेको नयाँ मापदण्ड हिजो ह्वाइट हाउसको कोरोना भाइरस कार्यदल बैठकमा सार्वजनिक गरेका हुन् । तर स्वास्थ्य अधिकारीहरूले अझै पनि कोरोना गम्भीर चिन्ताको विषय बनिरहेको बताएका छन् ।

हालसम्म तीन करोड अमेरिकीहरूले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । त्यस्तै अझै अमेरिकाका ९० प्रतिशत जनसंख्याले खोप लगाउन बाँकी रहेको सीडिसीको भनाइ छ ।

हालसम्म अमेरिकामा २ करोड ९७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने पाँच लाख ३८ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *