विदेश

जेल व्यवस्थापन गर्न बुरुण्डीमा ४० प्रतिशत कैदी रिहा गरिँदै

हिमालय टिभी
२०७७ फागुन २५ गते ७:४४
जेल व्यवस्थापन गर्न बुरुण्डीमा ४० प्रतिशत कैदी रिहा गरिँदै

२५ फागुन २०७७ बुरुण्डी । अफ्रिकी देश बुरुण्डीमा भीडभाडयुक्त जेललाई व्यवस्थित गर्ने योजना अनुसार ४० प्रतिशत कैदी छाडिने भएका छन् ।

बुरुण्डी सरकारले बढी भीड भएका जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अनुसार हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त गर्ने निर्णय गरेको हो ।

कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २ सय ५५ जना कैदी छुट्ने भएका हुन् ।

राष्ट्रपतिको निर्देशनमार्फत कैद मिनाहा गर्न लागिएका कैदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका कैदी छन् ।

त्यस्तै उनीहरुले पाँच वर्षभन्दा बढी कैद सजाय बिताइसकेका छन् । अन्तर्राष्ट्रिय गैर(सरकारी संस्था क्रिश्चियन्स फर एबोलिसन फर टर्चरको बुरुण्डीयाली शाखाले बुरूण्डीमा १३ हजार २ सय कैदी रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *