भारतको कोलकातामा भीषण आगलागी, कम्तीमा सात जनाको मृत्यु

२५ फागुन २०७७ कोलकाता । भारतको पश्चिम बंगाल प्रान्तको कोलकातामा गएराति भएको भीषण आगलागीमा कम्तिमा सात जनाको मृत्यु भएको छ । गएराति पूर्व रेलवेको न्यु कोलाघाट कार्यालयमा भएको आगलागी मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
केही मानिस अझै आगलागी भइरहेको भवनमै फसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा फायर ब्रिगेडका चार, आरपीएफका एक जना जवानका साथै कोलकाता पुलिसका एक एएसआई र लिफ्ट म्यान रहेको बताइएको छ।
आगलागीको कारण स्पष्ट भइसकेको छैन । घटनास्थल पुगेकी मुख्यमन्त्री ममता बनर्जीले मृतकको परिवारलाई दशदश लाख राहत दिनुका साथै मृतकका परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेकी छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार आगलागी साँझ ६ बजे शुरु भएको हो । चौध तले भवनको १३औं तलामा सबैभन्दा पहिला आगो देखिएका बताइएको छ। पाँच घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो।
प्रतिक्रिया