विदेश

सिनेटद्वारा १९ अर्ब डलर बराबरको राहत प्याकेज पारित

हिमालय टिभी
२०७७ फागुन २३ गते ७:५९
सिनेटद्वारा १९ अर्ब डलर बराबरको राहत प्याकेज पारित

२३ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी माथिल्लो सदन सिनेटले १९ अर्ब डलर बराबरको कोरोना भाइरसविरुद्धको राहत प्याकेज पारित गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण जीवनयापनमै समस्या भोगिरहेका नागरिकका लागि सहयोग गर्ने उद्देश्यसहित राष्ट्रपति जो बाइडेनले ल्याएको प्याकेजसहितको विधेयक सिनेटबाट पारित भएको हो ।

उता योजना निकै खर्चिलो रहेको बताउँदै आएका सिनेटका सबै रिपब्लिकनले विपक्षमा मत दिएका थिए । चुनावमा आफूले वाचा गरे अनुसार नागरिकलाई सहयोग गर्ने बाटोमा सिनेटबाट भएको विधेयक पारित प्रमुख फड्को रहेको राष्ट्रपति बाइडेनले बताए ।

त्यस्तै राष्ट्रपति बाइडेनकै पार्टीको नियन्त्रणमा रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले आगामी मंगलबार विधेयक पारित गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अब उक्त विधेयक तल्लो सदनबाट पारित भएपश्चात राष्ट्रपतिले हस्ताक्षर गरेपछि कानूनी बन्ने छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म पाँच लाख ३७ हजारको भन्दा बढीको मृत्यु भैसकेको छ भने दुई करोड ९६ लाखभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *