विदेश

पाकिस्तानी प्रधानमन्त्री खानले प्राप्त गरे विश्वासको मत

हिमालय टिभी
२०७७ फागुन २२ गते १८:३३
पाकिस्तानी प्रधानमन्त्री खानले प्राप्त गरे विश्वासको मत

२२ फागुन २०७७ इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदको तल्लो सदनमा विश्वासको मत प्राप्त गरेका छन् ।

अविश्वास प्रस्तावमाथि आज भएको मतदानमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । ३ सय ४२ सिट रहेको तल्लो सदनमा प्रधानमन्त्री खानको पक्षमा १ सय ७८ मत परेको छ ।

सदनमा विश्वास कायम राख्नका लागि खानले १ सय ७२ मत ल्याउनु आवश्यक थियो । सिनेटको चुनावमा महत्त्वपूर्ण सिट गुमाएसँगै प्रधानमन्त्री खानमाथि बहुमतकोे सन्दर्भलाई लिएर प्रश्न उठेको थियो ।

विपक्षी दलहरूले खानको राजीनामासमेत मागेका थिए । आज विदेशमन्त्री शाह मेहमूद कुरेशीले तल्लो सदनमा प्रधानमन्त्रीले विश्वासको माग गरेको भन्दै एक बुँदे प्रस्ताव पेश गरेका थिए । सोही प्रस्तावउपर मतदान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *