विदेश

म्यानमारमा सैन्य कूविरुद्ध प्रदर्शन, सेनाको गोली लागेर ३८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ फागुन २० गते ७:५१
म्यानमारमा सैन्य कूविरुद्ध प्रदर्शन, सेनाको गोली लागेर ३८ जनाको मृत्यु

२० फागुन २०७७ याङ्गुन । म्यानमारमा सैन्य कूविरुद्ध भएको पछिल्लो प्रदर्शनमा ३८ जनाको मृत्यु भएको छ ।

म्यानमारमा हिजो भएको सैन्य सरकार विरोधी प्रदर्शनका क्रममा कम्तिमा ३८ जनाको मृत्यु भएको हो । फेब्रुअरी १ तारिखमा सेनाले सत्ता कब्जा गरेपछि हुँदै आएको प्रदर्शनका क्रममा हिजो एकैदिन सबैभन्दा धेरै जनाको मृत्यु भएको हो ।

यसअघि गएको आइतबार १८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघले सेनाको ज्यादती तथा बल प्रयोगको निन्दा गर्दै रक्तपातपूर्ण दिन भनेको छ । म्यानमारमाका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओहरू बाहिर आइरहेको बताएकी छिन् ।

म्यानमारमा हालसम्म प्रदशर्नका क्रममा ५० जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । सुरक्षाकर्मी म्यानमारका विभिन्न शहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।

फेब्रुअरी १ तारिखमा सेनाले सत्तारुढ सत्ता हातमा लिएपछि म्यानमारमा सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् । शान्तिपूर्ण विरोध प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी भएका छन् ।

प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनुपर्ने र सत्तारुढ दलकी नेता आङ साङ सुचीसहितका निर्वाचित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् ।

हिजोको घटनापछि बेलायतले भोलि राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाएको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *