विदेश

बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको हत्या

हिमालय टिभी
२०७७ फागुन १९ गते ७:५३
बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको हत्या

१९ फागुन २०७७ काबुल । अफगानिस्तानमा बन्दुकधारीको गोली प्रहारबाट तीन जना महिला सञ्चारकर्मीको हत्या भएको छ ।

पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीनजना महिला सञ्चारकर्मीको गोली हानी हत्या गरेका हुन् ।

युद्ध अन्त्यका लागि निरन्तर वार्ताको प्रयास भइरहेको समयमा बन्दुकधारीले सञ्चारकर्मीको हत्या गरेका हुन् ।

यो आक्रमणले शान्तिवार्ताका लागि तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेको प्रयासमा समस्या सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुहरू कार्यालयको कामपछि हिंडेर घर जाने क्रममा मारिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *