विदेश

फ्रान्सका पूर्वराष्ट्रपति निकोलसमाथि भ्रष्टाचार आरोपमा तीन वर्षको जेल सजाय

हिमालय टिभी
२०७७ फागुन १८ गते ९:१७
फ्रान्सका पूर्वराष्ट्रपति निकोलसमाथि भ्रष्टाचार आरोपमा तीन वर्षको जेल सजाय

१८ फागुन २०७७ पेरिस । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीमाथि भ्रष्टाचारको आरोप प्रमाणित भएपछि तीन वर्षको जेल सजाय सुनाइएको छ ।

यसरी जेल सजाय पाउने उहाँ फ्रान्सको पहिलो पूर्वराष्ट्रपति हुनुहुन्छ । आफूविरुद्ध अर्कै एउटा फौजदारी आपराधिक मुद्दामा सूचना दिएबापत् ठूलो पद दिने भनी एक म्याजिस्ट्रेटलाई घुस दिन खोजेको प्रमाणित भएपछि उहाँलाई सजाय सुनाइएको हो ।

म्याजिस्ट्रेट र सारकोजीका पूर्ववकिललाई पनि त्यही सजाय सुनाइएको हो । सारकोजीमाथि अर्को छुट्टै मुद्दामा पनि सुनुवाइ हुन बाँकी छ।

उहाँले सन् २०१२ को राष्ट्रपतीय चुनावी अभियानमा गलत ढङ्गले थुप्रै रकम खर्च गर्नुभएको थियो ।

सारकोजीले सन् २००७ मा राष्ट्रपतीय कार्यकाल पूरा गर्नुभएको थियो भने सन् २०१२ को पुनःनिर्वाचनको प्रयास भने असफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *