विदेश

म्यानमारमा सैन्य कुविरुद्ध भएको प्रदर्शनमा १८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ फागुन १७ गते ७:२९
म्यानमारमा सैन्य कुविरुद्ध भएको प्रदर्शनमा १८ जनाको मृत्यु

१७ फागुन २०७७ म्यानमार । म्यानमारमा सैन्य कू विरुद्ध भएको पछिल्लो प्रदर्शनमा १८ जनाको मृत्यु भएको छ।

आइतबारको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर एकै दिन १८ जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

संयुक्त राष्ट्र संघको मानवअधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये अहिलेसम्मकै घातक दिन भनेको छ ।

हिजो म्यानमारका यांगुन, दवेई र मन्डाले शहरमा प्रदर्शनमा सुरक्षाकर्मीले रबरको गोली, अश्रु ग्याससँगै गोली समेत चलाएका थिए ।

सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेको बताइएको छ । गएको फेब्रुअरी १ तारिखमा सेनाले सत्ता कब्जा गरेसँगै त्यहाँ सैन्य कूविरुद्ध शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *