विदेश

रोमन सभ्यतामा प्रयोग गरिएको रथ भेटियो

हिमालय टिभी
२०७७ फागुन १६ गते १४:४८
रोमन सभ्यतामा प्रयोग गरिएको रथ भेटियो

१६ फागुन २०७७ इटाली । इटालीका पुरातत्वविद्को समूहले गरेको उत्खननमा रोमन सभ्यतामा प्रयोग गरिएको एउटा रथ भेटिएको छ ।

रोमन सहर पोम्पेई नजिकैको स्थानमा त्यसबेलाका उच्च अधिकारीहरुले प्रयोग गर्ने गरेको रथ उत्खनन गरेर निकालेका हुन् ।

सो रथ इस्वी सम्बत् ७९ सालको ज्वालामुखीमा पुरिएको थियो । फलाम, पित्तल र टिनबाट बनेको सो रथ पोम्पेईको पर्खालभन्दा ७०० मिटरको दूरीमा भेटिएको हो ।

सो रथ विशेष समारोहका क्रममा परेड गर्न वा विवाहमा प्रयोग गरिएको हुनसक्ने सम्भावना रहेको पुरातत्वविद्को भनाइ छ । त्यसबेला फुटेको ज्वालामुखीमा दुई हजारदेखि १५ हजार मानिसको मृत्यु भएको बताइएको छ ।

तीन वर्षअघि सोही स्थान नजिकै तीनवटा घोडाको अस्तिपञ्जर भेटिएको थियो । चारवटा पाङ्ग्रा भएको सो रथ रोमन सभ्यताको अध्ययनका लागि महत्वपूर्ण हुने पुरातत्वविद्को भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *