विदेश

भारत र पाकिस्तानबीच एलओसीमा संघर्ष विरामको घोषणा

हिमालय टिभी
२०७७ फागुन १६ गते ९:३१
भारत र पाकिस्तानबीच एलओसीमा संघर्ष विरामको घोषणा

१६ भदौ २०७७ नयाँ दिल्ली । दक्षिण एसियाका दुई मुलुक भारत र पाकिस्तानले सीमा नियन्त्रण रेखा (एलओसी) मा संघर्ष विरामको घोषणा गरेको छ ।

भारतीय सेनाको उत्तरी कमान्डले वक्तव्य जारी गर्दै र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जालमार्फत् संघर्ष विराम भएको जानकारी दिनुभएको हो ।

भारत र पाकिस्तानले २४ र २५ फेब्रुअरी राति नै एलओसीमा संघर्ष विराम घोषणा भए पनि सोको जानकारी शनिबार मात्रै दिइएको बीबीसीले जनाएको छ ।

दुबै देशले एकअर्कालाई विश्वास दिलाउँदै संघर्ष विरामपछि अब काउन्टर टेररिस्ट अपरेशनमा कुनै असर नपर्ने र सतर्कता अपनाइने बताएका छन् ।

दुबै देशको एलओसीमा संघर्ष विराम भएपछि अब ती क्षेत्रमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गरिएको छ ।

दुई देशबीच भएको संघर्ष विरामलाई ऐतिहासिक मानिएको छ । भारत र पाकिस्तान लामो समयदेखि एलओसीमा लड्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *