विदेश

श्रीमतीको कुरा साथीलाई बताउँदा आइलाग्यो यस्तो समस्या

हिमालय टिभी
२०७७ फागुन १६ गते ७:११
श्रीमतीको कुरा साथीलाई बताउँदा आइलाग्यो यस्तो समस्या

दाम्पत्य जीवन अघि बढाउने क्रममा सानाठुला समस्या सबैले बेहोरेकै हुन्छन् । यो स्वभाविक प्रक्रिया पनि हो । तर कति यस्ता कुरा पनि हुन्छन् जसको खासै महत्व त हुँदैन तर त्यसले सम्बन्धमा गहिरो असर भने पार्ने गर्दछ ।

एक जना अस्ट्रेलियाका युवकले पनि यस्तै सानो तर गम्भीर समस्या सामना गरेका छन् । उनले एउटा रिलेशनसीप पोर्टलमा आफ्नो भोगाइ उल्लेख गर्दै सल्लाह मागेका हुन् । २५ वर्षीय युवकका अनुसार उनी आफ्नी श्रीमतीसँग एनिभर्सरी डेट मनाउन बाहिर गएका थिए । उनका अनुसार एउटा सानो कुराका कारण उनकी श्रीमतीले उनलाई छाडेर गइन् ।

युवकका अनुसार उनी स्वास्थ्यमा निकै ध्यान दिने गर्दछन् । उनी फिट रहन रुचाउँछन् । जबकि उनकी २३ वर्षीया श्रीमतीको तौल निकै बढी छ । उनले लेखेका छन्–मैले आफ्नी श्रीमतीलाई पहिला पनि कतिपटक स्वास्थ्यमा ध्यान दिन भनिसकेको छु, तर उनलाई केरो कुरा राम्रो लाग्दैन । त्यसकारण मैले कुनै पनि सल्लाह दिन बन्द गरिदिएँ ।

यस्तै क्रममा हामीले विवाह वार्षिकीको अवसरमा बाहिर घुम्न जाने योजना बनायौं । युवकले लेखेक छन्–पैसा र इन्धन बचाउनका लागि हामीले सार्वजनिक यातायातमा जाने निर्णय ग¥यौं । स्टेशनमा हामी रेल आउने प्रतिक्षा गरिरहेका थियौ, तब मैले एक जना जिमका साथी भेटेँ । हामी दुई जना डाइट र वर्कआउटका बारेमा कुरा गर्न थाल्यौं ।

उनले लेखेका छन्–जब हामी कुरा गरिरहेका थियौं, तब मेरी श्रीमती चुपचाप बसेकी थिइन् । उनी अचानक ट्वाइलेट जाने भन्दै त्यहाँबाट हिडिन् । निकैबेरसम्म पनि उनी वापस आइनन्, हाम्रो रेल पनि आइसकेको थियो । उनको फोन लागिरहेको थिएन । मैले म्यासेज गरेर सोधेँ कि तिमी कहाँ छौं । तैपनि उनको कुनै जवाफ आएन ।

युवकले लेखेका छन्–म पुलिसलाई फोन गर्नै लागेको थिएँ कि उनको म्यासेज आयो । उनले म्यासेजमा लेखिन् कि उनी घर फिर्ता गइसकेकी छन् । यो म्यासेज पढेर म आश्र्यमा परेँ । मैले सोधेँ कि उनले यस्तो किन गरेको ? तर कुनै जवाफ आएन । त्यसपछि म पनि घर फर्किएँ ।

युवकले लेखेका छन्–मैले उनीसँग सोधेँ कि आखिर किन केही नभनि घर फिर्ता आयौं ? त उनल भनिन् कि जब म आफ्नो साथीसँग फिटनेशका बारेमा कुरा गरिरहेको थिएँ तब यो कुरा सुनेर उनी असहज महशुस गरिरहेकी थिइन् । त्यसैले उनी ट्वाइलेट नगएर सिधैं ट्याक्सी लिएर घर फर्केकी थिइन् । तस्वीरः प्रतीकात्मक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *