जेलबाट भाग्ने क्रममा कम्तिमा २५ जना कैदीको मृत्यु, २ सय कैदी फरार
१५ फागुन २०७७ पोर्ट ओ प्रिन्स । हाइटीको राजधानीमा रहेको एक जेलबाट कैदी भाग्ने क्रममा २५ जनाको ज्यान गएको छ भने २ सयभन्दा बढी कैदी भागेका छन् ।
मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेका छन् । जेलमा झण्डै ४ सय कैदी रहेका थिए । घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
तीमध्ये छ जना कैदी नै रहेको र एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन् । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा केही सर्वसाधारण पनि छन्। झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन् । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकाले पनि उनीहरु भाग्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया