विदेश

साउदी अरबका युवराजमाथि पत्रकार खशोग्गी हत्या आरोप

हिमालय टिभी
२०७७ फागुन १५ गते ७:४२
साउदी अरबका युवराजमाथि पत्रकार खशोग्गी हत्या आरोप

१५ फागुन २०७७ न्युयोर्क । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खशोग्गीको हत्याको अनुमोदन गरेको अमेरिकाले बताएको छ ।

अमेरिकी गुप्तचर निकायले निर्वासनमा परेका पत्रकार खशोग्गीको हत्याका लागि युवराज सलमानले स्वीकृति दिएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।

अमेरिकामा बसिरहेका खशोग्गीलाई जिउँदो वा हत्या गर्ने युवराज सलमानको निर्णय रहेको बताइएको छ । अमेरिकाले पहिलो पटक प्रत्यक्षरुपमा खशोग्गीको हत्यामा युवराज सलमान संलग्न रहेको बताएको छ ।

उता सलमानले आरोप अस्वीकार गर्दै आएका छन् । सन् २ हजार १८ मा साउदी पत्रकार खशोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र हत्या भएको थियो । खशोग्गी साउदी शासकका कट्टर आलोचक मानिन्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *