विदेश

राष्ट्रपति बाइडेन र साउदी अरेवियाका राजा सलमानबीच फोन संवाद

हिमालय टिभी
२०७७ फागुन १४ गते ८:३४
राष्ट्रपति बाइडेन र साउदी अरेवियाका राजा सलमानबीच फोन संवाद

१४ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरेबियाका राजा सलमानसँग टेलिफोन संवाद गरेका छन् ।

टेलिफोन संवादका क्रममा राष्ट्रपति बाइडेनले विश्वव्यापी मानव अधिकार संरक्षण र कानूनी शासनको व्यवस्थापनमा साउदीले साथ दिने अपेक्षासमेत राखेका छन् ।

साउदी अरबका पत्रकार जमाल खागोत्सी हत्याको अनुसन्धान प्रतिवेदनबारे कुराकानी गर्न बाइडेनले राउदी राजा सलमानसँग संवाद गरेका हुन् ।

अमेरिकाले पत्रकार खगोत्सी हत्याको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गर्ने जनाएको छ । उक्त प्रतिवेदनमा राजाको छोरा युवराज मोहम्मद बिन सलमान संलग्न भएको उल्लेख छ ।

बाइडेनले उक्त घटनामा युवराजको संलग्नताबारे प्रतिवेदनमा उल्लेख रहेकाले मानवअधिकार संरक्षणका लागि पहल लिन राजा सलमानसँग आग्रह गरेका हुन् ।

सन् २०१९ मा टर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र पत्रकार खागोत्सीको हत्या भएको थियो । खागोत्सी हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानले भने आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *