विदेश

आगामी महिनादेखि भारतमा कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान

हिमालय टिभी
२०७७ फागुन १३ गते ७:३२
आगामी महिनादेखि भारतमा कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान

१३ फागुन २०७७ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी महिनादेखि शुरु हुने भएको छ ।

दोस्रो चरणको खोप अभियान मार्च १ देखि शुरु हुन लागेको हो । यस अभियानमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै दीर्घरोग भएका ४५ वर्ष माथिकालाई पनि खोप लगाइनेछ । खोप लगाउन देशभर सरकारीस्तरबाट दश हजारभन्दा बढी खोप केन्द्र तथा निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्र खोलिएका छन् ।

भारतमा सरकारी स्वास्थ्य संस्थामा निःशुल्क खोप लगाउने व्यवस्था छ भने निजी स्वास्थ्य संस्थामा रकम तिर्नुपर्ने हुन्छ ।

भारतमा जनवरी १६ देखि शुरु पहिलो चरणअन्तर्गत एक करोड सात लाख ६७ हजारभन्दा बढीले खोप लगाएका छन् । भारतमा कोभिशिल्ड र कोभ्याक्सिन खोप प्रयोगमा ल्याइएको छ ।

कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेको हो भने कोभ्याक्सिन स्वदेशकै भारत बायोटेकले इण्डियन काउन्सिल अफ मेडिकलसँगको सहकार्यमा विकास गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *