विदेश

चर्चित अमेरिकी गल्फ खेलाडी टाइगर वुड्स कार दुर्घटनामा घाइते

हिमालय टिभी
२०७७ फागुन १२ गते ६:४२
चर्चित अमेरिकी गल्फ खेलाडी टाइगर वुड्स कार दुर्घटनामा घाइते

१२ फागुन २०७७ न्युयोर्क । चर्चित अमेरिकी गल्फ खेलाडी टाइगर वुड्स कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनी सवार कार क्यालिफोर्नियाको लस एञ्जल्समा दुर्घटना भएको हो ।

दुर्घटनाका कारण टाइगर वुड्स खुट्टामा गम्भीर चोट लागेको छ। चोटका कारण अपरेशन गर्नुपर्ने अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ४५ वर्षीय वुड्सका एजेन्ट मार्क स्टीनबर्गका अनुसार उनको अहिले उपचार भइरहेको छ।

लस एञ्जल्स काउन्टी शेरिफ डिपार्टमेन्टका अनुसार टाइगर वुड्सको कार दुर्घटनाका कारण क्षतिग्रस्त बनेको छ । दुर्घटनास्थलबाट कार निकाल्नसमेत ठुलै कठिनाइ झेल्नु परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *