विदेश

कंगोका लागि इटालीका राजदूत अट्टानासिओको कंगोमै हत्या

हिमालय टिभी
२०७७ फागुन ११ गते ८:३४
कंगोका लागि इटालीका राजदूत अट्टानासिओको कंगोमै हत्या

११ फागुन २०७७ कंगो । कंगोका लागि इटालीका राजदूत लुका अट्टानासिओको कंगोमै हत्या भएको छ ।

कंगोमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को दलमाथि भएको आक्रमणमा राजदूत अट्टानासिओसहित उनका अंगरक्षक र चालकको मृत्यु भएको हो । देशको पूर्वी क्षेत्रस्थित भिरुङ्गा राष्ट्रिय निकुञ्जमा डब्लुएफपीको लस्कर एम्बुसमा परेको थियो ।

पेटमा गोली लागेका ४३ वर्षीय राजदूतको अस्पतालमा मृत्यु भएको सुरक्षा अधिकारीको भनाइ छ । त्यस्तै उक्त प्रतिनिधिमण्डलमा रहेका धेरै जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सात सदस्यीय उक्त प्रतिनिधिमण्डल सुरक्षाकर्मी बिना रहेको बताइएको छ । कंगोका अधिकारीले घटनालाई अपहरणको असफल प्रयास भएको बताउँदै यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

राजदूत अट्टानासिओ गोमा शहरबाट रुत्सुरुमा डब्ल्यूएफपी अन्तर्गत विद्यालय खाना परियोजनाका लागि जान लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

आफ्ना राजदूतको हत्या भएको पुष्टि गर्दै इटाली त्यसको निन्दा गरेको छ । घटनाको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *