विदेश

कोरोना बढेपछि भारतको महाराष्ट्रमा सार्वजनिक भेलामा रोक

हिमालय टिभी
२०७७ फागुन १० गते १४:४१
कोरोना बढेपछि भारतको महाराष्ट्रमा सार्वजनिक भेलामा रोक

१० फागुन २०७७ नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा आजदेखि सार्वजनिक भेलामा रोक लागेको छ ।

कोरोना संक्रमण बढेको भन्दै आजदेखि सबै किसिमका राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रममा हुने भेलामाथि रोक लगाइएको हो । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधनमार्फत महाराष्ट्रमा मानिस भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् ।

राज्यमा फेरि संक्रमण फैलिरहेकाले लकडाउनबाट मात्रै यसको समाधान नहुने बताउँदै यसलाई रोक्न यो मात्र एक विकल्प रहेको उनको भनाइ छ । सरकारले ८ देखि १५ दिनभित्र संक्रमणको अर्को लहर हो वा होइन बारे थाहा हुने बताउँदै लागू प्रतिबन्धात्मक उपायको पालना गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

सरकारद्वारा लागू नियमको पालना नगर्नेलाई सजाय हुने मुख्यमन्त्री ठाकरेको चेतावनी छ । बढ्दो संक्रमणका कारण भारत एकपटक फेरि कोरोना सक्रिय भएका देशको विश्व सूचीको १५ औं स्थानमा पुगेको छ । महाराष्ट्र भारतको कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने राज्य मध्ये एक हो ।

संक्रमण बढ्दै गएपछि अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन शुरु लागू गर्न लागिएको छ । त्यस्तै पुणेमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।

भारतका ९१ जिल्लामा संक्रमणको दर बढ्दै गएको छ । तीमध्ये ३४ जिल्ला महाराष्ट्रका र १६ जिल्ला कर्नाटकका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *