विदेश

एक्लै आन्ध्र महासागर तरेर २१ वर्षे युवतीले बनाइन् यस्तो कीर्तिमान

हिमालय टिभी
२०७७ फागुन १० गते १३:४०
एक्लै आन्ध्र महासागर तरेर २१ वर्षे युवतीले बनाइन् यस्तो कीर्तिमान

१० फागुन २०७७ काठमाडौं । बेलायतकी ज्यास्मिन ह्यारिसन डुंगा चलाएर आन्ध्र महासागर तर्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् ।

उनले स्पेनबाट शुरु गरेको एकल डुंगा यात्रा शनिबार क्यारेवियन देश एन्टिगुवा पुगेर सम्पन्न गरिन् । स्पेनदेखि एन्टिगुवाको ४,८०० किलोमिटर उनले ७० दिन, तीन घण्टा ४८ मिनेटमा पूरा गरिन् ।

सन् २०२० मा शुरु भएको टालिस्कर ह्विस्की एट्लान्टिक च्यालेञ्ज प्रतिष्पर्धामा उनी सफल भइन् । यो सफलतासँगै उनले कुनै पनि महासागर एक्लै तर्ने सबैभन्दा कम उमेरकी महिला पनि बनेकी छिन् ।

७० दिने यात्राका क्रममा उनी झण्डै एउटा जहाजसँग ठोकिन पुगेकी थिइन् भने दुई पटक उनको डुंगा पल्टिएको थियो ।

सन् २०१८ मा यो रेसको समापन देखेकी थिइन् । त्यसैको प्रेरणाले उनी यो संस्करणमा सहभागी भइन् । यो यात्राले युवाहरुलाई एक्लै पनि ठूलो काम गर्न सकिन्छ भन्ने प्ररणा मिल्न सक्ने उनको धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *