विदेश

भारतको मध्यप्रदेशमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

हिमालय टिभी
२०७७ फागुन ५ गते ९:१५
भारतको मध्यप्रदेशमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

५ फागुन २०७७ मध्यप्रदेश । भारतको मध्यप्रदेशमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

मध्यप्रदेशको सिधी जिल्लास्थित रामपुर नैकिन थानाक्षेत्र नजिकै यात्रुबाहक बस नहरमा खस्दा ५१ जनाको मृत्यु भएको हो । बस सिधी जिल्लाबाट सतनातर्फ जाँदै गरेको र बसमा ५५ जना यात्रु सवार रहेको बीबीसीले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार ४ जना अझै बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको छ । २२ फिट गहिरो नहरमा बस खस्दा क्रेनको मद्दतले बस निकालिएको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारणबारे भने केही खुलाइएको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार भएका कारण दुर्घटना भएको हुन सक्छ ।

यसैबीच मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामा परी मृत्यु भएकाहरुको परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

उहाँले दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *