विदेश
भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु
२०७७ फागुन ४ गते १७:००
४ फागुन २०७७ मध्यप्रदेश । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
बस नहरमा खसेको हो । दुर्घटनास्थलमा उद्धारकार्य जारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । बसमा ५० भन्दा बढी यात्रु सवार थिए । ७ जनाको उद्धार गरिएको छ ।
नहरमा पानी घटाएर बस बाहिर निकाल्न प्रयास भइरहेको छ । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृत्यु भएकाका परिवारलाई ५ लाख रुपैंया दिने घोषणा गरेका छन् ।
भारत विश्वमै धेरै सडक दुर्घटना हुने देश हो । सन २०१९ मा भारतमा सडक दुर्घटनामा परी १ लाख ५१ हजार १ सय १३ जनाले ज्यान गुमाएका थिए । भारतमा प्रतिदिन ४ सय १४ जनाको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया