विदेश

कंगोमा भएको डुंगा दुर्घटनामा कम्तीमा ६० जनाको मृत्यु

हिमालय टिभी
२०७७ फागुन ४ गते १३:३३
कंगोमा भएको डुंगा दुर्घटनामा कम्तीमा ६० जनाको मृत्यु

४ फागुन २०७७ कंगो । कंगोमा भएको डुंगा दुर्घटनामा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

पश्चिमी कंगोको कंगो नदीमा भएको डुंगा दुर्घटनामा कम्तिमा ६० जनाको मृत्यु भएको सरकारी अधिकारीको भनाइ छ ।

कंगोका मानव संसाधन मन्त्री स्टीव एमबिकायले माई(नोम्बे राज्यको लोंगोला गाउँ नजिक डुंगा दुर्घटना भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

डुंगामा सात सय जना सवार रहेको उनको भनाइ छ । दुर्घटना पछि ६० जनाको शव निकालिएको र तीन सय जनाको सकुशल उद्दार भएको थियो ।

डुंगामा सवार मानिस राजधानी किन्शासादेखि र इक्वेटर राज्य जाने क्रममा थिए । दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु र सामान बोकेका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *