विदेश

म्यानमारमा कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई २० वर्षसम्मको जेल सजाय हुन सक्ने

हिमालय टिभी
२०७७ फागुन ४ गते ९:०४
म्यानमारमा कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई २० वर्षसम्मको जेल सजाय हुन सक्ने

४ फागुन २०७७ म्यानमार । म्यान्मारमा सैनिक कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई २० वर्षसम्मको जेल सजाय हुन सक्ने सेनाले चेतावनी दिएको छ ।

सैन्य नेतृत्वप्रति “घृणा वा अवहेलना“ फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने सेनाले जनाएको छ । म्यान्मारका विभिन्न सहरहरूमा हतियारसहितका गाडीहरू गुडिरहेका बेला कानूनमा भएका परिवर्तनको घोषणा गरिएको छ ।

सेनाले गरेको कू विरुद्ध पछिल्लो समय म्यानमारका सर्वसाधारण सडकमा उत्रिएका छन् । उनीहरूले आफ्नै निवासमा नजरबन्दमा रहेकी नेत्री आङ सान सू कीको रिहाइ र प्रजातन्त्रको पुनर्बहालीको माग गरिरहेका छन् ।

गत सोमवार सू कीका वकिलले उहाँलाई थप दुई दिन हालकै अवस्थामा राखिने जानकारी दिएका छन् । उहाँमाथि गैरकानूनी रूपमा आफ्नो सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रयोग गर्ने सञ्चार सेट राखेको लगायतका आरोप लगाइएको छ ।

त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीनदेखि सात वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *