विदेश

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नाघ्यो

हिमालय टिभी
२०७७ फागुन ४ गते ८:५८
विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नाघ्यो

४ फागुन २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ६ हजार ३ सय ८२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख १८ हजार २ सय ५० पुगेको छ ।

गत २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा रहेका छन् । अमेरिकामा मात्रै ९ सय ५१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नजिक पुगेको छ ।

कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोनाका कारण ४ लाख ९८ हजार २ सय ३ जनाको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना संक्रमणका कारण गत २४ घण्टामा ब्राजिलमा ५ सय १, रुसमा ३ सय ९४, फ्रान्समा ४ सय १२, बेलायतमा २ सय ३०, स्पेनमा २ सय ३४, इटालीमा २ सय ५८ जनाको मृत्यु भएको छ ।

यस्तै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको सङ्ख्या ११ करोड नजिक पुगेको छ । वर्ल्ड मिटरको तथ्याङ्कअनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको सङ्ख्या १० करोड ९६ लाख ७० हजार ४ सय ७३ पुगेको छ भने सङ्क्रमित भएकामध्ये ८ करोड ४२ लाख ५ हजार ८९ जना स्वस्थ भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *