विदेश

जर्मनीमा मार्च ७ सम्मका लागि लकडाउनको समयावधि थपियो

हिमालय टिभी
२०७७ माघ ३० गते ९:१६
जर्मनीमा मार्च ७ सम्मका लागि लकडाउनको समयावधि थपियो

३० माघ २०७७ जर्मनी । जर्मनीमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी लकडाउनको समयावधि थप गरेको छ ।

हाल जर्मनीमा लगाइएको लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने जर्मन सरकारले निर्णय गरेको हो । जर्मन चान्सलर एन्जेला मर्केल र १६ ओटा संघीय नेताहरुले लकडाउन लम्ब्याउने विषयमा सहमति जनाएका थिए ।

उनीहरुको सहमतिलगत्तै सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् । जर्मनीका प्रायः सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर लकडाउन जारी रहेको थियो ।

यो लकडाउनको अवधि यही फेब्रुवरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो ।सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार लकडाउनको अवधि लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ ।

अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो ।यो अवस्था अहिले पनि जारी छ । जर्मनीका कतिपय स्थानमा कोभिडका सङ्क्रमितहरु घटेको भए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन ।

कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ । यसकारण पनि यहाँ लकडाउनलाई निरन्तरता दिने निर्णय सरकारले गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *