विदेश

ट्रम्पमाथिको महाभियोग प्रस्तावमा आज पनि बहस हुँदै

हिमालय टिभी
२०७७ माघ ३० गते ७:४९
ट्रम्पमाथिको महाभियोग प्रस्तावमा आज पनि बहस हुँदै

३० माघ २०७७ वाशिङ्गटन डिसी । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा अमेरिकी माथिल्लो सदनमा आज पनि बहस हुँदैछ ।

आज ट्रम्प पक्षका सांसदहरुले बहस गर्ने छन् । अमेरिकी माथिल्लो सदनमा सय जना सिनेटर छन् । ट्रम्पलाई महाअभियोग लगाउन दुई तिहाइ मत आवश्यक पर्दछ ।

तर रिपब्लिकन सिनेटरहरु ट्रम्पकै पक्षमा देखिएकाले महाअभियोग पारित हुने सम्भावना भने कम छ । मंगलबार महाअभियोग प्रस्ताव छलफलका लागि स्वीकृति दिने प्रस्तावका पक्षमा भने रिपब्लिकन पार्टीका ६ जना सांसदले मत दिएका थिए ।

माथिल्लो सदनमा जारी बहसमा डेमोक्र्याटहरूले जनवरी पहिलो सातामा क्यापीटल हिलमा भएको दंगा ट्रम्पकै उक्साहटमा भएको र उनलाई कारबाही गरिएन भने फेरि पनि हिंसा हुनसक्ने बताएका छन् ।

महाअभियोग पारित गर्ने तर त्यो सम्भव नभए पुन निर्वाचित पदमा बस्न नमिल्नेगरी प्रतिबन्ध लगाउने तयारीमा डेमोक्र्याटहरु देखिएका छन् । आज रिपब्लिकन सिनेटरले मत राखेपछि महाअभियोगबारे मतदानको कार्यसुचि तय हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *