विदेश

म्यानमारमा सैन्य कुविरुद्ध नागरिक प्रदर्शनमा उत्रिएपछि संयमता अपनाउन सेनाको आव्हान

हिमालय टिभी
२०७७ माघ २७ गते ८:३१
म्यानमारमा सैन्य कुविरुद्ध नागरिक प्रदर्शनमा उत्रिएपछि संयमता अपनाउन सेनाको आव्हान

२७ माघ २०७७ म्यानमार । म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन चर्किएपछि नागरिकलाई संयमता अपनाउन सेनाको आह्वान गरेको छ ।

कू पछिको पहिलो टेलिभिजन सम्बोधनमा सेना प्रमुखले आफ्ना कदमको औचित्य पुष्टि गर्न खोजेका हुन् । सैन्य प्रमुख मिन ओङ ह्लाइङले गत नोभेम्बरको चुनाव निष्पक्ष नभएको दाबी गरे ।

देशमा स्थिरताका लागि प्रदर्शन र विरोध बाधक हुने भन्दै सेनाले नागरिकलाई संयमता आह्वान गरेको छ। देशभर भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको सेनाको भनाइ छ ।

सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ । म्यानमारमा सैन्य कू को विरोधमा देशभर शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन भइरहेका छन् ।

बढ्दो प्रदर्शनका कारण देशका केही भागमा कर्फ्यू लगाइनुका साथै केही स्थानमा भीडमाथि रोक लगाएको छ। यही फेब्रुअरी १ तारिखमा सेनाले राष्ट्रपति लगायत सत्तारुढ दलका शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *