विदेश
मोरक्कोमा बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु
२०७७ माघ २७ गते ८:२३

२७ माघ २०७७ मोरक्को । मोरक्कोमा भीषण बाढी पहिराका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
बाढीका कारण एक भूमिगत कपडा उद्योग भत्किंदा मृत्यु हुनेको संख्या २५ पुगेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
मृत्यु हुनेमा १७ महिला र ८ पुरुष रहेको बताइएको छ । देशको उत्तरतर्फ एक निजी घरमा
अवैधरुपमा सञ्चालित कपडा उद्योग भत्किएको अधिकारीको भनाइ छ । त्यस्तै सकुशल उद्धार गरिएका १० जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया